२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

घर जग्गाको कारोबार बढ्दै



  • आफ्नै खबर
  • ५ माघ २०८१ शनिबार (४ महिना अघि)
  • पाठक संख्या ७९
  • काठमाडौं/  घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व बढेको छ ।

    गत मङ्सिर महिनामा तीन अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बराबर राजश्व सङ्कलन भएकामा पुस मसान्तसम्म चार अर्ब २५ करोड २२ लाख रुपैयाँ प्राप्त भएको छ ।

    विभागका अनुसार उक्त महिनामा सेवा करबाट ३० करोड ४३ लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको छ ।

    यस्तै, रजिस्ट्रेसन दस्तुरबाट दुई अर्ब ६८ करोड ७८ लाख रुपैयाँ, पूँजीगत लाभकरबाट एक अर्ब ६० करोड ८३ लाख रुपैयाँ प्राप्त भएको छ ।

    काठमाडौँ उपत्यका भित्रका विभिन्न नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी राजश्व भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले सङ्कलन गरेको छ । उक्त कार्यालयले ४० करोड ९४ लाख ४२ हजार रुपैयाँ सङ्कलन गरेको छ । यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ ।

    –रासस