११ असार २०८२ बुधबार | 25 Jun 2025 Wed

पर्यटन प्रवर्द्धनका लागी नगाउँ सम्पदायात्रा



  • आफ्नै खबर
  • ६ माघ २०८१ आईतबार (५ महिना अघि)
  • पाठक संख्या १७३
  • काठमाडौं/  कीर्तिपुर स्वयंसेवक समाज (केभीएस) ले नगाउँ सम्पदायात्रा आयोजना गरेको छ । सम्पदायात्रा आयोजना गरेर सम्पदा उत्साहीहरू, स्थानीय बासिन्दाहरू र संस्कृति प्रेमीहरूलाई एकत्रित गर्यो । यस सम्पदायात्राले सहभागीहरूलाई कीर्तिपुरको नगाउँ क्षेत्रको ऐतिहासिक र सांस्कृतिक धरोहर अन्वेषण गर्ने र यसलाई उत्सवका रूपमा मनाउने अवसर प्रदान गर्यो ।

    पदयात्रामा यस क्षेत्रका सम्पदा बारेमा गहिरो ज्ञान राख्ने कर्ण महर्जन र बिनय महर्जनले स्रोत व्यक्ति रूपमा सहभागी थिए । उनिहरुको ज्ञानले पदयात्रालाई एक अविस्मरणीय अनुभवमा परिणत गर्यो सहभागीहरूलाई क्षेत्रको ऐतिहासिक र सांस्कृतिक पक्षसँग जोडिन मद्दत गर्यो ।

    यस अवसरमा पुराना सम्पदा स्थलहरूको फोटो प्रदर्शनी पनि आयोजना गरिएको थियो, जसले ऐतिहासिक स्थलहरूको संरक्षणको महत्त्वलाई थप स्पष्ट पार्ने काम गर्यो । यस सम्पदा यात्राको समन्वय डा. श्रीकुमार महर्जनले गर्नुभएको थियो । 

    कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदी यस यात्राले काठमाडौँ उपत्यकाको सांस्कृतिक र ऐतिहासिक महत्त्वको नयाँ परिप्रेक्ष्य दिने कुरा बताउनुहुन्छ । समाजको स्थापना देखि नै यसले युवाहरूको नेतृत्वमा सांस्कृतिक संरक्षण र ऐतिहासिक बुझाइको प्रवर्द्धनमा सक्रिय भूमिका खेलेको उहाँको भनाई छ । 

    युवा–आधारित संस्था केभीएसले  मासिक सम्पदा यात्रा आयोजना गरेर हाम्रो साझा पहिचानलाई परिभाषित गर्ने र परम्पराहरूको प्रचारप्रसार गर्दै आएको जनाएको छ । हरेक यात्रा हाम्रो इतिहास र संस्कृतिका लुकेका रत्नहरूलाई उजागर गर्ने संस्थाको दावी छ ।