२३ असोज २०८२ बिहिबार | 09 Oct 2025 Thu

अग्नि पीडि़तलाइ नेपाल–भारत मैत्री संघको राहत सहयोग 



  • आफ्नै खबर
  • ८ माघ २०८१ मंगलबार (९ महिना अघि)
  • पाठक संख्या १८०
  • रौतहट/  नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालय काठमाडौंको सहयोग र नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति रौतहटको सहकार्यमा अग्नि पीडि़त परिवारलाइ सोमबार कपडा सहित खद्यान्न सामग्री बितरण गरिएको छ ।

    गएको पुष १४ गते मध्यरातमा भएको आगलगीबाट घर जलेर नष्ट भएका रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ५ पताहीका ८ घर परिवारलाइ नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयले राहत उपलब्ध गराएको हो । 

    जिल्ला कार्य समिति रौतहटको पहलमा केन्द्रीय कार्यालयले उपलवब्ध गराएको राहत सामग्री पीडि़त परिवार लाई बितरण गरिएको जिल्ला अध्यक्ष ग्रीसनंदन कुमार सिंहले जनकारी दिनुभयो ।

    केन्द्रीय कार्यवाहक अध्यक्ष चन्द्रमोहन झा, केन्द्रीय सदस्य सत्यनारायण अग्रवाल, केन्द्रीय सदस्य अरुण सिंह, मधेश प्रदेश अध्यक्ष रणधीर कुमार सिंह, वड़ा अध्यक्ष सुरेश पंडित लगायतका उपस्थतिमा पीडि़त परिवारलाइ राहत सामग्री हस्तान्तरण गरिएको हो ।

    अग्नि पीडि़त जगरनाथ पासवान, बाबूलाल पासवान, कान्ति देवी पासवान, रामनाथ पासवान, सोगारथ पासवान, प्रदीप पासवान, नागेन्द्र पासवान र दीपेन्द्र पासवानलाइ चामल २५ किलो, दाल ३ किलो ,खानेतेल १ लीटर, नून १ किलो, कम्बल २ थान, साडी २ थान, लुंगी १ थान, नुहाउने साबुन २ वटा  र लुगा धुनें साबुन २ वटा प्रति परिवारलाइ दिइएको जिल्ला अध्यक्ष गृसनंन्दन सिंहले जानकारी दिनुभयो । 

    राहत सामग्री हस्तान्तरण गर्न घटना स्थल पुगेका कार्यवाहक अध्यक्ष झाले आगलगीको घटनाले आहात भएको बताउनुभयो ।

    उहाँले दुःखद घटनाको बारेमा जानकारी पाएपछि पीड़ामा सहयोगीको भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले घाउमा मलहम लगाउने कोसिस गरेका हौं । थप हुन सक्ने सहयोग गर्ने प्रयास गर्ने छु ।’ आगलागी पिडितको अवस्था देखेर दुखित भएको भन्दै उहाँले आउने दिनमा हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

    आगोबाट घर र घरमा भएको सामग्री समेत जलेर नस्ट भएकाले आफुहरुलाई घरको व्यवस्था गराई दिन पिडित परिवारले आग्रह गरेका थिए । 

    नेपाल भारत मैत्री संघ मधेश प्रदेशका अध्यक्ष रणधीर कुमार सिंहले स्थानीय सरकारले जग्गाको व्यवस्थापन गरेमा वड़ा तथा नगरपालिकाले सिफारिश गरेमा घर निर्माणको लागि जस्ता पाता सहयोग गर्ने बताउनुभयो । 

    वड़ा कार्यालय र नगरपालिकाबाट नेपाल भारत मैत्री संघको नाउँमा सिफारिश गरेर पठाएमा आवश्यकता अनुसारको घर निर्माणमा सहयोग गर्ने उहाँको भनाइ थियो ।