आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

हलगोरु पाल्ने किसानलाई सम्मान


  • आफ्नै खबर
  • २०८१ माघ ८, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • अर्घाखाँची/  सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।

    पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर, ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ । गोरु पाल्ने क्रम घट्दा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ जना किसानलाई पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकमसहित सम्मान गरिएको वडाअध्यक्ष माधव श्रेष्ठले बताउनुभयो ।

    सन्धिखर्क नगरपालिकाका कार्यवाहक नगरप्रमुख मिश्रा आचार्यले खेतबारी बाँझो हुन नदिन गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरी सम्मान गर्ने वडाको कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । 

    नयाँ प्रविधि भित्रिए पनि अझै गोरु पाल्ने परम्परा नहराएको कार्यवाहक नगरप्रमुख आचार्यको भनाइ छ । 

    त्यसैगरी, उक्त वडा कार्यालयले महिला स्वंयसेविकाहरुलाई पोसाकसमेत प्रदान गरेको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु