आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

लेकवेशीमा सिपमुलक तालिम


  • आफ्नै खबर
  • २०८१ माघ १०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • सुर्खेत/ लेकवेशी नगरपालिकामा सञ्चालित सिपमुलक तालिम सम्पन्न भएको छ । नगरपालिको वडा नम्बर ३ मा भएको तीन महिने सिलाई कटाई तालिम नेपाल भारत मैत्री संघ कर्णाली प्रदेशको सहयोगमा संचालन भएको हो । 

    तालिम कार्यक्रमको समन्वय कर्णाली एकता समाज लेकवेशी–३ ले गरेको थियो । समापन कार्यक्रम कर्णाली एकता समाजको अध्यक्षता तथा नगरपालिकाका प्रमुख उमेश कुमार पौडेलको प्रमुख आतिथ्यमा भएको हो । 

    भद्रपुरमा सिरक वाँडिने 
    त्यस्तै, संघले भारतको ७६औं गणतन्त्र दिवसको अवसर पारेर सिरक वितरण गर्ने भएको छ । संघले झापा जिल्लाको भद्रपुरमा सिरक वितरण गर्ने भएको हो ।

    सिरक वितरण भद्रपुर नगरपालिकाको कार्यालयमा माघ १३ गते गर्ने तयारी रहेको नेपाल–भारत मैत्री संघ झापा शाखाले जनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु