आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

निःशुल्क सिलाई कटाई तालिम सञ्चालन


  • आफ्नै खबर
  • २०८१ माघ ११, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं/  नेपाल भारत मैत्री संघ नवलपुरको आयोजनामा कावासोतीका २० जना महिला हरुकालागि निः शुल्क ३ महिने सिलाई कटाई सुरु भएको छ । 

    तालिमको उद्घाटन नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य समेत रहनु भएका कार्यक्रमका प्रमुख अतिथि सीता बस्यालले गर्नुभएको हो । संघका अध्यक्ष अर्जुन काफ्लेको अध्यक्षता रहेको समारोहमा संघका केन्द्रिय कानुनी सल्लाहकार भोजराज दहाल, संघका निवर्तमान अध्यक्ष एवम सल्लाहकार बालकृष्ण घिमिरे, अक्सफोर्ड ट्रेनिङ सेन्टरका अध्यक्ष ऋषि कंडेल, संघका

    निवर्तमान महासचिव खगराज सापकोटा, तालिमका प्रशिक्षक कविता पाण्डे लगायत तालिमका सहभागिको उपस्थिति रहेको थियो । 

    संघले भारतको ७६ औं गणतन्त्र दिवसको अवसर पारेर देशका सातै प्रदेशका विभिन्न जिल्लामा यस प्रकारका कार्यक्रम गर्ने जनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु