आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

बाजा, झाँकी, जात्रा र नृत्यको आफ्नै संस्कृतिमा झुमिरहेको शंकरापुर


  • आफ्नै खबर
  • २०८१ माघ १७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • काठमाण्डौं/  शंकरापुर बाजा झाँकी, जात्रा र नृत्यमा झुमिरहेको छ । करिब १६ वर्षपछि आयोजना भएको ४ दिने शंकरापुर सक्व महोत्सवको उद्घाटनको अबसरमा शंकरापुर आफ्नै संस्कृतिमा झुमेको हो ।

    महोत्सव उद्घाटन अघि र्यालीले साँखुको बजार परिक्रमा गर्दा बजारका बासिन्दा मात्रै होइन सालीनदी दर्शन गर्न पुगेका भक्तजन पनि एकछिन रोकिएर र्यालीको मजा लिँदै गरेको देखिन्थ्यो । किनकी र्यालीमा कुनै नारा थिएन, कसैको समर्थन वा विरोध थिएन । 

    त्यहाँ त केबल लाखे नाच, परंम्परागत नृत्य, कुमारी रथ यात्रा, कलाकार साहित्यकारहरुको लस्कर, स्थानीय उत्पादनको प्रदर्शनी, मूर्तिकला, चित्रकला, धिमे बाजा, झाँक्री प्रहसन, नौमती बाजा, तथा बिभिन्न समयमा मनाइने जात्राका प्रतिबिम्ब थिए । 

    बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी तथा शंकरापुर नगरपालिकाका मेयर रमेश नापितको अगुवाइमा भएको उद्घाटन र्यालीमा साहित्यकार, कलाकार, नौ वटै वडामा रहेका सामुदायिक विद्यालयका बिद्यार्थी, नगरपालिकाका कर्मचारी, उद्योग वाणिज्य संघ शंकरापुर, कृषक समूहलगायतको सहभागिता थियो ।

    चर्या नृत्य, डाफा भजन, लोक दोहोरी, पन्चेबाजा, नौमतीबाजा, खैजडी भजनलगायत बिबिध कार्यक्रम भएको उद्घाटन सत्रमा वक्ताहरुले ऐतिहासिक, पौराणिक एवं सांस्कृतिक शहर साँखुले आफ्नो पहिचान गुमाउँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

    महोत्सव मुल समारोहका समितिका संयोजक एवं नगर प्रमुख नापितले हराउँदै गएको साँखुको पहिचान फर्काउँदै नवजीवन प्रदान गर्न महोत्सव आयोजना गरिएको बताउनु भयो । 

    साँखुको ऐतिहासिक विकास, वज्रयोगिनी तथा मणिचुडको प्रचार, नगरभित्रका पर्यटकिय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन स्थानीय उत्पादनलाई प्रोत्साहन एवं सुस्ताएको ब्यवसाय चलायमान बनाउन महोत्सव आयोजना गरिएको उहाँको भनाइ थियो । 
    महोत्सव आगामी १९ गते शनिबारसम्म नियमित चलने छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु