आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

तीन सय विपन्न परिवारलाई कम्बल वितरण 


  • आफ्नै खबर
  • २०८१ फागुन ६, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • ३ पाठक संख्या
  • कञ्चनपुर/  शुक्लाफाँटा नगरपालिकाले तीन सय सात विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । नगरपालिकाको चालु आर्थिक वर्षका लागि तय गरिएको कार्यक्रमअन्तर्गत १२ वटै वडाका अति विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिलालगायतलाई कम्बल वितरण गरेको हो । 

    वडा कार्यालयबाट सिफारिस भई आएका नामावलीका आधारमा कम्बल वितरण गरिएको नगर उपप्रमुख कल्पना पन्तले जानकारी दिनुभयो । वडा कार्यालयमै पुगेर कम्बल वितरण गरिएको नगर उपप्रमुख पन्तले बताउनुभयो । 

    ‘चिसोबाट जोगाउन कम्बलले सहयोग पुग्ने विश्वास लिएका छौँ’, उहाँले भन्नुभयो, ‘यस वर्ष कम्बल वितरण ढिलो भए पनि अर्को वर्षदेखि समयमै न्यानो कपडा वितरण गर्नेछौँ ।’ 

    नगरपालिकाले प्रत्येक वर्ष दातृ निकायको सहयोग र नगरपालिकाको स्रोत परिचालन गरी विपन्न, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा, कम्बल, ह्विलचेयरलगायतका सहायक सामग्री वितरण गर्दै आएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु