कञ्चनपुर / सुदूरपश्चिम प्रदेशका १ लाख ४३ हजार ४८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायल, डोटीका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार यो निर्धारित लक्ष्यको ९५ प्रतिशत हो ।
निर्देशनालयले प्रदेशका नौ वटै जिल्लाका १ लाख ५१ हजार ५९ जना किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । सूचना अधिकारी गिरीका अनुसार कैलालीका ४५ हजार ८८८, कञ्चनपुरका २५ हजार ८४०, डोटीका ११ हजार ३८८, अछामका १३ हजार ८९७ र डोटीका ११ हजार ३८८ जना किशोरीहरुलाई खोप लगाइएको छ ।
यसैगरी, डडेलधुराका ६ हजार ९४९, बझाङका ११ हजार ८९७, बाजुराका ७ हजार ६४९, बैतडीका १२ हजार ८२८ र दार्चुलाका ७ हजार १५३ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइएको छ ।
गत माघ २२ गतेदेखि देशव्यापी रुपमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन गरिएको हो ।
अभियानका क्रममा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरुलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाइएको छ भने विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप लगाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस