भक्तपुर/ स्थापनाको १२० वर्षपछि भक्तपुर अस्पतालले पहिलोपटक ‘सिटी स्क्यान मेसिन’ सञ्चालनमा ल्याउने भएको छ । चन्द्रशमशेर राणाले स्थापना गरेको सो अस्पतालमा सञ्चालनका लागि बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको मेसिन अस्पतालमा आइपुगेको छ ।
मेसिन अस्पतालमा आएसँगै प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले उक्त मेसिन जडान कार्यको अवलोकन गर्नुभयो । मन्त्री थापाले अस्पताल आइसकेको सिटी स्क्यान मेसिन जडान कार्य चाँडोभन्दा चाँडोे सम्पन्न गरेर सेवा सञ्चालन गर्न आज अस्पताललाई निर्देशन दिनुभयो ।
अस्पतालको सेवा विस्तारका लागि समेत आवश्यक सहजीकरण गरिदिने प्रतिबद्धता जनाउँदै उहाँले कुनै पनि सेवामा सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न अस्पताललाई निर्देशन दिनुभयो ।
अस्पतालका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयले बोलपत्र आह्वान गरी रु आठ करोड बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेको मन्त्री थापाले जानकारी दिनुभयोे ।
प्रतिक्रिया दिनुहोस