२९ जेठ २०८२ बिहिबार | 12 Jun 2025 Thu

बौद्ध इन्टरनेशनलले मनायो ‘इन्टरनेशनल डे’

संस्कृति रहनसहन तथा परिवेश  झल्काउने ५० देशका स्टलहरू



  • आफ्नै खबर
  • १० फागुन २०८१ शनिबार (४ महिना अघि)
  • पाठक संख्या ६३८
  • काठमाडौँ/ गोकर्णेश्वर नगरपालिकामा रहेको बौद्ध इन्टरनेशनल स्कुलले विभिन्न देशका सांस्कृतिक, राजनीति र रहनसहन पद्धतिबारे जानकारी दिने उद्देश्यले ‘इन्टरनेशनल डे’ को आयोजना गरेको छ । पाठ्यक्रमका साथै  अन्य कार्यक्रममार्फत सिकाइलाई  प्रभावकारी बनाउने उद्देश्यले कार्यकम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक हरि लामाले बताउनु भयो । 

    विद्यार्थीहरूलाई समूहमा विभाजन गरेर संयुक्त राष्ट्रसंघमा दर्ता भएका देशहरूमध्ये ५० वटा देशको संस्कृति रहनसहन तथा परिवेश  झल्काउने स्टलहरू राखिएका थिए । यसका साथै संयुक्त राष्ट्रसंघका विभिन्न मानवीय सहायतासम्बन्धी संस्थाका स्टल पनि राखिएको थियो।

    सो अवसरमा गायक वाङ्देल शेर्पाको एकल कन्सर्टसमेत आयोजना गरिएको थियो । कन्सर्टसँगै विद्यालयमा अध्ययनरत छात्रछात्राले समेत गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा रक्तदान, विभिन्न खेलका स्टल, फुड स्टल तथा विद्यार्थी हरुले बनाएको चित्रहरुको प्रदर्शनीका  स्टलसमेत राखिएका थिए । दर्शक सहभागिता तथा प्रस्तुतिका आधारमा कार्यकम सफल भएको विद्यालयका सहप्रधानाध्यापक दिपेश महर्जनको भनाइ थियो  । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनु भयो । यो कार्यक्रमको तेस्रो संस्करण हो ।