२४ असार २०८२ मंगलबार | 08 Jul 2025 Tue

बुलबुले गुरुयोजनाको शिलान्यास



  • आफ्नै खबर
  • १३ फागुन २०८१ मंगलबार (४ महिना अघि)
  • पाठक संख्या १३९
  • सुर्खेत/  बुलबुले गुरुयोजना कार्यान्वयनका लागि ताल निर्माणको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज उक्त योजनाको शिलान्यास गर्नुभएको हो ।

    योजना शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीयस्थल बुलबुले ताललगायतका विकासका संरचना निर्माणमा सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘शिलान्यास तामझामले गर्ने तर पछि सुख्खाराम हुने गरी काम नगर्नुस् । काम गर्दा पुरस्कार लिने गरी काम गर्नुस् । अतिरिक्त शुल्क तिर्नुपर्दैन । भुक्तानीमा कहीँ कतै समस्या हुँदैन ।’

    उहाँले बुलबुले तालःसहित काँक्रेबिहारको काम क्रमशः अगाडि बढेको र सामाजिक विकास मन्त्रालयसँग जोडिएको चौघान चौरको निर्माण पनि निकट भविष्यमै सुरु हुने जानकारी दिनुभयो । 

    भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईले चालु आर्थिक वर्षको असार १० गते सम्पन्न हुने गरी यही फागुन ४ गते प्रवीन निर्माण सेवा सुर्खेतसँग निर्माण सम्झौता भएको बताउनुभयो । 

    चार हजार दुई सय वर्ग मिटर क्षेत्रफलको ताल विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि एक करोड १२ लाख ३६ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो ।

    –रासस