३० जेठ २०८२ शुक्रबार | 13 Jun 2025 Fri

महाशिवरात्रिका २३ तस्बिर



  • आफ्नै खबर
  • १४ फागुन २०८१ बुधबार (४ महिना अघि)
  • पाठक संख्या २४५
  • महाशिवरात्रिका अवसरमा देशभरका महादेव मन्दिर तथा ज्योतिर्लिङ्गहरुमा पुजा आराधनाका लागि भक्तजनहरुको भिड लागेको छ । 

    पशुपतिनाथ मन्दिर
    महाशिवरात्रिका अवसरमा बुधबार सजाइएको पशुपतिनाथ मन्दिर परिसर र पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । 

    तस्बिर : हरिराम भेटुवाल

    ईशानेश्वर मन्दिर
    लमजुङको करापुटारस्थित ईशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिर ।

    तस्बिर : बिराट न्यौपाने

    अलखिया मठ
    वीरगञ्जको अलखिया मठमा पूजाअर्चनाकालागि लामवद्ध भक्तजन । 

    तस्बिर : हिमाल लम्साल

    बिरेन्द्रनगर
    बिरेन्द्रनगर–९ लाटीकोइलीस्थित शिव मन्दिर परिसरमा बत्ती बाल्दै भक्तजनहरु । 

    तस्बिर : सुरेश आचार्य

    डोलेश्वर महादेव 
    केदारनाथको शिर भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा लामबद्ध दर्शनार्थी र मन्दिरमा आएका साधुसन्तहरु । 

    तस्बिर : रमेश गिरी

    बाबा भूतनाथ महादेव
    जनकपुरधामस्थित बाबा भूतनाथ महादेव मन्दिर (स्वर्गद्वारी) मा पूजाअर्चनामा गर्न आएका भक्तजन ।

    तस्बिर : अमरेन्द्रकुमार यादव

    पाण्डवेस्वर धाम
    दाङको घोराही उपमहानगरपालिका–५ धारापानीमा रहेको पाण्डवेस्वर धाममा पुजा अर्चनाका लागि लामबद्ध भक्तजन र मन्दिर परिसरमा रहेको विश्वकै अग्लो दावी गरिएको त्रिशुललाई सलामी दिँदै नेपाली सेनाको रण सिंह दल गण घोराहीको टुकडी ।

    तस्बिर : रञ्जिता अधिकारी/कुलदीप न्यौपाने

    सिद्धेश्वर शिवालय
    अर्घाखाँचीको सन्धिखर्क–१ चुत्रावेसीको सिद्धेश्वर शिवालयमा पूजाअर्चनाका लागि आएका भक्तजन  ।  

    तस्बिर : प्रेमनारायण आचार्य

    शुक्लेश्वर महादेव
    तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा रहेको शुक्लेश्वर महादेव मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजन । 

    तस्बिर : कृष्ण न्यौपाने

    महादेव गुफा
    उदयपुरको कटारी नगरपालिका–३, ताराघारीस्थित महादेव गुफामा पूजाअर्चनाका लागि आएका भक्तजन । 

    तस्बिर : ऋषिबहादुर राई

    नन्दिसँग मनोकामना 
    बेँसीसहर नगरपालिका–८ मस्र्याङ्दी नदी किनारमा अवस्थित कर्पुरेश्वर महादेव मन्दिरमा रहेको महादेवको बाहन साँढेको प्रतिमामा आफ्नो मनोकामना राख्दै भक्तजन महिला । यसरी साँढेको कानमा सासले बोलेर मागेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

    तस्बिर : जनक श्रेष्ठ

    शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाम
    कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा पूजाअर्चनाका लागि आएका भक्तजन । 

    तस्बिर : सुरेन्द्रबहादुर ताम्राकार

    अर्धनारेश्वर
    सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित शिवमन्दिरमा रहेको एउटै ढुंगाबाट बनेको अर्धनारेश्वरको मूर्तिमा पूजा आराधना गर्दै श्रद्धालु भक्तजन । 

    तस्बिर : सुरेश आचार्य

    कपिलेश्वरनाथ महादेव
    जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चनाका लागि लामवद्ध भक्तजन र 
    जनकपुरधामस्थित पवित्र सरोवर गंगा सागरमा स्नान गर्दै भक्तजन । केही भक्तजनहरूले गंगा, यमुना र अदृश्य सरस्वती नदीको सङ्गम प्रयागराजको ल्याएको जल गंगा सागरमा अर्पण गरी स्नानपछि पूजाअर्चना गरेका छन् । 

    तस्बिर : अमरेन्द्रकुमार यादव

    बागेश्वरी मन्दिर
    नेपालगञ्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा दर्शानार्थीको भीड । 

    तस्बिर : समिर शाही

    धारापानी मन्दिर
    घोराही उपमहानगरपालिका–५ धर्नास्थित धारपानी मन्दिर परिसरमा स्थापना भएका १०८ शिवलिङ्गमा पूजा गर्दै भक्तजन । 

    तस्बिर : रञ्जिता अधिकारी

    मुक्तिनाथ
    हिन्दु तथा बौद्धमार्गीहरुको लागि चर्चित धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा भरिभराउ भक्तजन । देशभरबाट महाशिवरात्रीको दिन पूजाअर्चना गर्न आएका पर्यटकले मुक्तिनाथ मन्दिर बिहान ६ बजेबाट नै भरिभराउ भएको हो । 

    तस्बिर : सुशीलबाबु थकाली

    सबै तस्विरहरु रासस बाट प्राप्त भएका हुन् ।