२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

नागरिक लगानी कोषका योगदानकर्तालाई गङ्गालालमा छुट



  • आफ्नै खबर
  •     (२ महिना अघि)
  • पाठक संख्या ६८
  • काठमाडौं/  नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ । 

    छुटसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनुहुनेछ । छुटको लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।