काठमाडौं/ ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ कम्पनीले उत्कृष्ट साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्ने दावीका साथ रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायरलेस इयरबड्स सार्वजनिक गरेको हो ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले कम्पनीको नवीनतम प्रविधि प्रदान गर्दै प्रयोगकर्ताको अनुभवलाई उत्कृष्ट बनाउने प्रतिवद्धता अनुरुप यी बड्स नेपाली बजमार ल्याएको वताउनुभयो ।
उहाँले भन्नुभयो, ‘रेड्मी बड्स ६ सिरिजको उत्कृष्ट अडियो गुणस्तर, लामो ब्याट्री लाइफ र स्मार्ट नोइज क्यान्सलेसन जस्ता सुविधाहरू हामी सुलभ मूल्यमा प्रदान गर्दैछौँ । हामी यी इयरबड्स नेपाली ग्राहकहरूलाई उपलब्ध गराउन पाउँदा धेरै नै उत्साहित छौं ।’
१२.४ एमएमको डाइनामिक टाइटेनियम ड्राइभर सहितको रेड्मी बड्स ६ लाइटले शक्तिशाली साउण्ड क्वालिटी प्रदान गर्ने जनाइएको छ । ४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सलेसनको विशेषताले वरपरको अनावश्यक आवाज हटाएर क्लीन साउण्ड प्रदान गर्ने कम्पनीले जनाएको छ ।
३८ घण्टाको ब्याट्री ब्याकअप रहेको यसको मूल्य ३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै, रेड्मी बड्स ६ प्ले विशेष रूपमा उत्कृष्ट साउण्ड गुणस्तर तथा सुलभ मूल्य चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ । १० एमएम डाइनामिक ड्राइभरको साथमा आउने यस इयरबडले समृद्ध र सन्तुलित अडियो अनुभव प्रदान गर्ने जनाइएीको छ ।
१० मिनेटको क्विक चार्जले ३ घण्टाको म्युजिक प्लेब्याक प्रदान गर्ने र पुरा चार्जमा ३६ घण्टा प्लेव्याक चार्ज हुने यसको मुल्य २ हजार रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस