३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

शाओमीले ल्यायो डेढ लाखको मोवाइल ‘१५ अल्ट्रा’ 



  • आफ्नै खबर
  • २८ फागुन २०८१ बुधबार (४ महिना अघि)
  • पाठक संख्या १२९
  • काठमाडौं/  शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक गरेको छ । भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा यो मोवाइल फोन सार्वजनिक गरिएको हो ।   

    कार्यक्रमका मुख्य क्षणहरु लाईका क्यामेरा प्रविधि सहितको शाओमी १५ अल्ट्राबाट खिचिएको थियो । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले शाओमी हाइपरओएस र लाईका अप्टिक्सको पावरले शाओमी १५ अल्ट्राले मोबाइल इमेजिङ र प्रदर्शनको नयाँ मापदण्ड स्थापना गर्ने बताउनुभयो ।

    विशेषता
    यो मोवाईलको लेन्स लाईका टेक्नोलोजीको साथमा अप्टिकल डिजाइन गरिएको छ । जसले लाईका १–इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ जसले हरेक क्षणलाई स्पष्ट र जीवन्त बनाउने कम्पनीले दावी गरेको छ । 

    स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३ एनएम प्रासेस टेक्नोलोजी रहेको यस स्मार्टफोनले प्रदर्शन र ऊर्जा दक्षता बढाउने उल्लेख छ । शाओमी शिल्ड ग्लास २.० प्रयोग गरिएकाले स्मार्टफोनको स्थायित्व र ड्रप–रेजिस्ट्यान्स प्रदान गर्छ । 

    ६ एम ४२ एल्युमिनियम फ्रेम, कर्निङ गोरिल्ला ग्लास ७ आई क्यामेरा डेको र टिकाउ ब्याक प्यानलले यस स्मार्टफोनलाई खस्दा वा घिस्रदा सुरक्षा प्रदान गर्ने जनाइएको छ ।

    शाओमी हाइपरएआईले एआई राइटिङ, एआई स्पीच रिकग्निसन, एआई इन्टरप्रेटर र एआई क्रिएटिभिटी असिस्टेन्ट जस्ता सुविधाहरू प्रदान गर्छ । यसका साथै गुगल सर्कल टु सर्च र गुगल जेमिनी एआईलाई इन्टिगे्रट गर्दै प्रयोगकर्ताहरूलाई नयाँ सर्च क्यापाबिलिटीहरु प्रदान गर्ने दावी गरिएको छ । 

    शाओमी १५ अल्ट्रामा ५४१० एमएएच शाओमी सर्ज ब्याट्री प्रयोग गरिएको छ, जसलाई ९० वाट हाइपरचार्ज र ८० वाट वायरलेस हाइपरचार्जले चार्ज गर्न सकिन्छ जसले गर्दा यस स्मार्टफोनलाई छिटो चार्ज गर्न सकिने उल्ललेख छ । 

    कम्पनीले फागुन २५ देखि चैत २ सम्म शाओमी १५ अल्ट्राको प्रि–बुकिङ खुला गरेको छ । उक्त प्रि–बुकिङमा ग्राहकहरुले १० हजार रुपैयाँ बराबरको शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क पाउन सक्ने उल्लेख छ । 

    १६ जिबी + ५१२ जिबी भेरियन्टमा उपलब्ध शाओमी १५ अल्ट्रा को सुरुवाती अफर मूल्य एक लाख ५० हजार रुपैयाँ तोकिएको छ ।