आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

फूल बेचेरै महिनाको दुई लाख


  • आफ्नै खबर
  • २०८१ चैत्र ४, सोमबार मा प्रकाशित ११ महिना अघि
  • २ पाठक संख्या
  • तनहुँ/  आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले २०७७ सालमा तीन हजार पाँच सय रुपैयाँ लगानी गरेर फूलको व्यापार सुरु गर्नुभयो । फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहनुभएको छ । हाल उहाँको मासिक दुई लाख रुपैयाँ आम्दानी हुन्छ । 

    गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाख रुपैयाँसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक आठ–नौ लाख रुपैयाँसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब दुई लाख रुपैयाँ बचत हुने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ ।’ फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । 

    गुरुङले भन्नुभयो, ‘व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ । फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ ।’

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु