आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

सिल्लेगडा बर्थिङ एकाइमा ‘बेबी वार्मर’


  • आफ्नै खबर
  • २०८१ चैत्र ६, बुधबार १ साल अघि
  • ४४ पाठक संख्या
  • बैतडी/  दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ । 

    ज्योती विकास बैंकको आर्थिक तथा राष्ट्रिय आविस्कार केन्द्रको प्राविधिक सहयोगमा बर्थिङ एकाइमा बेबी वार्मर उपलब्ध गराइएको हो । बेबी वार्मर नवजात शिशु जन्मिँदा तापक्रमसम्बन्धी समस्या देखिएर अकालमै हुने मृत्युलाई रोक्न मद्दत गर्ने उपकरण हो । 

    महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण गरिएको यो उपकरण नवजात शिशुको तापक्रम नियन्त्रण गरी शिशु मृत्युदर घटाउने उद्देश्यले विगत पाँच वर्षदेखि वितरण हुँदै आएको जनाइएको छ । 

    नवजात शिशुलाई सिताङ्ग हुनबाट बचाउन यो मेसिनले सहयोग गर्ने श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु