२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२ बैशाख २५ देखि 

चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानको पनि सहभागिता 



  • आफ्नै खबर
  • १० चैत २०८१ आईतबार (१ महिना अघि)
  • पाठक संख्या ७६
  • काठमाडौं/  नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला बैशाख २५ देखि २९ गते सम्म काठमाडौमा हुने भएको छ ।

    यस वर्ष मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानबाट सहभागिता हुने भएको छ । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ दशौं संस्करण हो । मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको पेभेलियन रहने महासंघले जनाएको छ ।

    नेपाल सरकार÷उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ । 

    तीन सय भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, लगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिने छ ।

    महासंघका अनुसार नेपाल अन्तरराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड एन नेपाल सो, हस्तकला उत्पादनहरु, वस्तुगत संघहरुका उत्पादनहरु, साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय (इभी) गाडीहरु समेत राखिने छ । मेलाका अवसरमा अन्तरराष्ट्रिय खरिदकर्तासगं प्रत्यक्ष अन्तरक्रृया गराउने लक्ष्य समेत रहेको छ । 

    मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निमार्ण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् । 

    मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसगं भेटघाट तथा द्धिपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने महासंघले अपेक्षा गरेको छ ।

    महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरु जस्तै मुलुक भित्र प्रादेशीक, जिल्ला स्तर एवं वस्तुगत गरि विभिन्न भागमा आयोजना हुने क्रममा छ । विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराईने विज्ञप्तिमा उल्लेख छ ।  

    मेलामा जेष्ठ नागरिक तथा फरक रुपले समक्ष नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको र २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको महासंघले जानकारी गराएको छ ।