आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको निर्विरोध अध्यक्षमा गौतम


  • आफ्नै खबर
  • २०८१ चैत्र ११, सोमबार मा प्रकाशित १0 महिना अघि
  • ३ पाठक संख्या
  • पर्सा/  वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । 

    सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजीप्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुङ्गटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सहकोषाध्यक्षमा निरज अग्रवाल र सहसचिवमा नरेश टिवडेवाल निर्विरोध निर्वाचित भएका छन् । 

    यस्तै सहसचिवमा अनुप अग्रवाल निर्वाचनबाट निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिनुभयो । पदाधिकारीमध्ये सहसचिव पदका लागि मात्र मतदान भएको थियो । सङ्घको विधानअनुसार १२ जना पदाधिकारी रहने व्यवस्था छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु