आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

लिट्मस इन्डस्ट्रिजले सुरु गर्यो एल्युमिनियम रड उत्पादन


  • आफ्नै खबर
  • २०८१ चैत्र १३, बुधबार मा प्रकाशित १0 महिना अघि
  • ३ पाठक संख्या
  • काठमाडौं/  लिट्मस इन्डस्ट्रिज लिमिटेडले ‘लिट्मस २.०’ अन्तर्गत नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ । नवलपरासीको रामग्राम हकुईमा अवस्थित यस अत्याधुनिक उद्योगले नेपाली बजारमा हुने एल्युमिनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्ने उद्देश्य सहित उद्योग संचालनमा ल्याएको हो । 

    उद्योग संचालनको अवसरमा आयोजना गरिएको ‘फर्नेस फ्लेमिङ सेरेमोनी’ को उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले उद्घाटन गर्नुभएको थियो । 

     हाल नेपालमा तार, केबल र कन्डक्टर निर्माणमा प्रयोग हुने एल्युमिनियम रड आयातमार्फत पूर्ति हुँदै आएको छ । यस प्लान्टको सञ्चालनले एल्युमिनियम रडको आयात परनिर्भरतालाई उल्लेख्य रुपमा घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको एल्युमिनियम रडको नियमित आपूर्ति प्रत्याभूत गर्ने कम्पनीले जनाएको छ । 

    एल्युमिनियम रडको स्वदेशमै उत्पादन गरेर, लिट्मस इन्डस्ट्रिजले नेपालले व्यहोरी रहेको व्यापार घाटा केही मात्रा भए पनि न्यूनीकरण गर्ने उद्देश्यका साथै सरकारी राजस्व बचतबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने कम्पनीको भनाइ छ ।  

    यस परियोजनाले उत्पादन, ढुवानी र बिक्री लगायतका क्षेत्रमा सयौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने दावी गरेको छ । लिट्मसले प्राविधिक ज्ञान अभिवृद्धि गर्ने तालिम तथा दक्ष जनशक्ति विकास कार्यक्रम पनि अघि सारेको छ । जसले दीर्घकालीन औद्योगिक विकासमा टेवा पु¥याउने जनाइएको छ ।

    नेपालको पहिलो एल्युमिनियम रड उत्पादन कम्पनीको सुरुवात हुनु लिटेमस इन्डस्ट्रिज लिमिटेडको लागि मात्रै नभई देशको समग्र उत्पादन क्षेत्रकै लागि एउटा ठूलो कोशेढुङ्गा र रणनैतिक फड्को भएको कम्पनीले जनाएको छ ।  

    लिट्मस इन्डस्ट्रिज लिमिटेड तार, केबल र कन्डक्टर निर्माता कम्पनी हो । यसले सुरक्षा, नवीनता र भरपर्दोपनमा निरन्तर उच्च मापदण्ड कायम गर्दै आएको दावी गरेको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु