११ असार २०८२ बुधबार | 25 Jun 2025 Wed

अनौपचारिक क्षेत्रका दुई सय श्रमिक कोषमा आबद्ध



  • आफ्नै खबर
  • १४ चैत २०८१ बिहिबार (३ महिना अघि)
  • पाठक संख्या १०९
  • मकवानपुर/  भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका एक सय ९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ ।

    गत आर्थिक वर्षदेखि आरम्भ भएको अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म एक सय ९९ श्रमिकलाई कोषमा आबद्ध गराइएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।

    अभियानअन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार आठ सय २० रुपैयाँ पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् एक हजार एक सय ८० र गाउँपालिकाले एक हजार १४ गरी दुई हजार दुई सय चार रुपैइाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 

    कोषमा श्रमिकलाई आबद्ध गराउन चालु आवमा २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    –रासस