आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

सडक सञ्जालमा जोडिए दुई विकट वडा 


  • आफ्नै खबर
  • २०८१ चैत्र २१, बिहिबार १२ महिना अघि
  • ३२ पाठक संख्या
  • जुम्ला/  तातोपानी गाउँपालिकाका दुई वडा सडक सञ्जालमा जोडिएका छन् । पालिकाको विकट मानिने ७ र ८ वडालाई सदरमुकामसम्म जोड्ने उद्देश्यले सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनुभयो । 

    गाउँपालिका अध्यक्ष चौलागाईंले भन्नुभयो, ‘सडक सञ्चालन भएसँगै तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दाहरूले लामो बाटो हिँड्नुपर्ने कष्टबाट मुक्ति पाएका छन् । यसअघि यी वडाका बासिन्दाले तिला गाउँपालिका हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो ।’ 

    सडक निर्माणलाई पालिकाले विशेष प्राथमिकतामा राखेर काम गरेको छ । विकट क्षेत्रलाई पालिकाको केन्द्रसँग जोड्ने योजना सफल भएको गाउँपालिका अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो । सडकलाई कालोपत्र गर्न बजेट अभाव रहेकाले हाललाई ग्रोभेलसम्म गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु