२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

नेपाल लाइफले पायो ‘बेस्ट लाइफ इन्स्योरेन्स’ अवार्ड



  • आफ्नै खबर
  •     (४ हप्ता अघि)
  • पाठक संख्या ८०
  • काठमाडौँ/  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दी इयर–२०२५’ अवार्ड प्राप्त गरेको छ । सत्रौँ कर्पोरेट बिजनेस अवार्डमा कम्पनीलाई लाइफ इन्स्योरेन्स विधामा उक्त अवार्ड दिइएको हो । 

    अन्य मनोनीत कम्पनीमध्येबाट नेपाल लाइफले यो अवार्ड जितेको हो । उक्त अवार्ड कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले ग्रहण गर्नभएको छ । अवार्ड नेपाली बिमा कम्पनीहरूको वित्तीय विवरण, सूचकांक, सुशासन दाबी भुक्तानीको अनुपात, चुक्ता पुँजी, प्रथम बिमा शुल्क आर्जनलगायत मापदण्डलाई मूल्यांकन गरिएको जनाइएको छ ।  

    यसका साथै कम्पनीको कार्यकुशलता, प्रभावकारिता एवं पारदर्शी नीति तथा योजना, आमजनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहका आधारमा सर्वोत्कृष्ट रहेको ठहर गर्दै अवार्ड प्रदान गरिएको उल्लेख छ । 

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यस अवार्ड सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने एउटा माध्यम बनेको बताउनुभयो ।