२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

उत्कृष्ट टिकटक बनाउनेलाई हरेक साता वाइ वाइको १० हजार पुरस्कार 



  • आफ्नै खबर
  •     (४ हप्ता अघि)
  • पाठक संख्या ७३
  • काठमाडौं/  वाइ वाइले नयाँ स्वादमा ‘वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’ नेपाली बजारमा ल्याएको छ । प्रति प्याकेट ५० रुपैयाँ मूल्य तोकिएको यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्ताहरूलाई लक्षित गर्दै प्रस्तुत गरिएको हो ।

    विगत चार दशकदेखि वाइ वाइले नेपालमा मात्र नभई, विश्व बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ । उपभोक्ताको बदलिंदो स्वाद र रोजाइलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न स्वादका नयाँ विकल्पहरू बजारमा ल्याउँदै आएको कम्पनीको दावी छ ।

    हट एण्ड स्पाइसी नुडल्स पनि उपभोक्ताहरूको पिरो स्वादप्रतिको रुचिलाई मध्यनजर गर्दै तयार गरिएको सीजी फुड्सले जनाएको छ । यस नयाँ उत्पादनले उपभोक्ताको अपेक्षा अनुसारको स्वाद अनुभव गराउने र वाइ वाइलाई झनै लोकप्रिय बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

    टिकटकमा पुरस्कार 
    वाइ वाइले ‘स्पाइसवर्स टिकटक चुनौती’ नामक प्रतिस्पर्धा पनि सुरु गरेको छ । जहाँ विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबै भन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कम्पनीको भनाइ छ ।

    कम्पनीका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले भन्नुभयो, ‘यस नुडल्सको विकास क्रममा हामीले उपभोक्ताहरूको व्यवहार, इच्छाहरू र उनीहरूले मन पराउने अनुभवहरू बुझ्न प्रयास गर्यौं । विशेषतः १५ देखि २५ वर्ष उमेर समूहका युवाहरू, जो गेम खेल्न, स्ट्रीट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउँछन्, उनीहरूको रुचिलाई समेट्ने प्रयास गरेका छौं ।’

    सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले भन्नुभयो, ‘पिरोपनको परिभाषा व्यक्ति अनुसार फरक हुन्छ । कसैलाई एकदम तीव्र स्वाद मन पर्छ भने, कसैले सन्तुलित मसला रुचाउँछन् । हामीले यो नुडल्समा पिरो स्वादलाई सन्तुलित ढंगले प्रस्तुत गरेका छौं । हामी विश्वस्त छौं, वाइ वाइको यो नयाँ हट एण्ड स्पाइसी स्वादले नयाँ अनुभव दिनुका साथै हाम्रो ब्रान्डलाई अझ सशक्त बनाउनेछ ।’