२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

बजाजले ल्यायो ‘खुसीको मिटर’ योजना



  • आफ्नै खबर
  •     (४ हप्ता अघि)
  • पाठक संख्या ६८
  • काठमाडौं/  नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नयाँ वर्ष २०८२ को अवसर पारेर ‘खुसीको मिटर’ नामक प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत एक लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् ।

    बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ । जसअन्तर्गत जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरु जित्न सक्ने जनाइएको छ । उक्त उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ । 

    क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शोरूममा नै खेल्न पाउने जनाइएको छ । यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको ‘खुसीको मिटर’ रोकेर एक लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन् ।

    यो योजना प्रचारको लागि मात्र नभइ प्रविधिको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने हाम्रो प्रयास रहेको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ वर्षको सुरुवातमा ग्राहकलाई नयाँ सवारी मात्र नभइ किन्ने अघि र पछि पनि जित्ने अवसर दिन हामी उत्साहित छौं ।’

    यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।