काठमाडौँ/ गोरखाको बारपाक केन्द्र विन्दु भएर २०७२ बैशाख १२ गते ११ बजेर ५६ मिनेटमा भएको बिनासकारी भुकम्पको ठिक १० वर्ष एक मिनेटमा आज पनि भुकम्प भएको छ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प भएको हो ।
अर्थक्वेक नेटवर्क एपका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट जलविरे आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस