काठमाडौँ/ बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ योजना सुरु गरेको छ । कम्पनीले २०८२ वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपमा २० भन्दा बढि भ्यालुएटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउनेगरी योजना ल्याएको हो ।
साथै, यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया जस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउने जनाइएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने जनाइएको छ ।
‘बजाज ग्रान्ड कार्निभल’ नेपालको बृहत ठुलो मोटरसाइकल एक्सचेन्ज योजना रहेको कम्पनीको दावी छ । योजना अन्तर्गत ग्राहकहरुले बजाजका मोटरसाइकलहरु ग्राहकहरुलाई आफ्ना पुराना बाइकहरूको उच्चतम् मुल्याङ्कन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने अवसर प्रदान गर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस