२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

नमोबुद्ध बन्यो पूर्ण खोप सुचिश्चित नगरपालिका



  • आफ्नै खबर
  • १७ बैशाख २०८२ बुधबार (६ दिन अघि)
  • पाठक संख्या ६७
  • काभ्रेपलाञ्चोक/  नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको छ । आज नगरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाएकाले पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो । 

    जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम र नगरप्रमुख कुन्साङ लामाले पूर्ण खोप सुनिश्तिता तथा दिगोपना घोषणा गर्नुभयो । उक्त अवसरमा गौतमले नगर प्रमुख लामालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । 

    नगरप्रमुख लामाले भन्नुभयो, ‘नगरलाई पूर्णखोप सुनिश्चित बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीको योगदान अतुलनीय छ ।’ 

    जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानेले जिल्लाको १३ स्थानीय तहमध्ये नमोबुद्ध पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने यस वर्षको पहिलो स्थानीय तह भएको बताउनुभयो । 
    यस वर्ष तोकिएका उमेर समूहका चार सय ७० बालबालिकालाई शतप्रतिशत खोप लगाएपछि पूर्ण खोप सुुनिश्चित नगर घोषणाा गरिएको जनाइएको छ ।

    –रासस