आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

एसियन थाई फुड्सको दोस्रो उत्पादन युनिट सञ्चालनमा


  • आफ्नै खबर
  • २०८२ बैशाख २५, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • ३ पाठक संख्या
  • काठमाडौँ/  चाउचाउ उत्पादक कम्पनी एक एसियन थाई फुड्स प्रा.लि.ले दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ ।

    बुधवार एक विशेष समारोहमा जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गर्नुभएको हो । 

    उद्योगको पहिलो युनिट मोरङको विराटनगरमा दुई दशकअघि स्थापना गरिएको थियो । सोही अनुभवका आधारमा कम्पनीले कपिलवस्तुमा आफ्नो दोस्रो उत्पादन केन्द्र स्थापना गरेको हो ।

    नयाँ युनिटबाट पनि कम्पनीका ब्रान्डहरू ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’सहित केही नयाँ चाउचाउ ब्रान्डहरूको उत्पादन सुरु गरिने जानकारी दिइएको छ । कम्पनीले यी उत्पादनहरू भारत लगायत तेस्रो मुलुकहरूमा निर्यात गर्दै आएको छ ।

    करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा सुरुवाती चरणमा चाउचाउ उत्पादन गरिनेछ भने क्रमशः अन्य स्न्याक्स उत्पादन लाइनसमेत थपिने योजना छ । यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी तथा औद्योगिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु