काठमाडौँ/ राष्ट्रिय दैनिक गोरखापत्रको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा पत्रकार तथा साहित्यकार विजय चालिसे लाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाले सम्मान गरेको हो ।
चालिसेलाई ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित गरिएको हो । उहाँलाई ५० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ ।
२००८ सालमा जन्मिनुभएका चालिसेले २०३७ सालदेखि गोरखापत्रमा सेवा गर्दै ३० वर्ष भन्दा वढी सेवा अवधीमा प्रधानसम्पादक सम्मको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
उहाँले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षको भूमिका पनि निभाउनुभएको थियो । चालिसेको लामो समयको पत्रकारिता यात्रा र योगदानलाई सम्मान गरिएको शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस