२९ बैशाख २०८२ सोमबार | 12 May 2025 Mon

कम उमेरमा मादल बजाउने किर्तिमान राखे नेपाली बालकले



  • आफ्नै खबर
  • २८ बैशाख २०८२ आईतबार (२० घण्टा अघि)
  • पाठक संख्या ५६
  • काठमाडौं/  नेपालका अक्षतराज पौडेलले सबैभन्दा कम उमेरमा मादल बजाउने किर्तिमान कायम गरेका छन् । 

    एशिया बुक अफ रेकर्डसका अनुसार मोरङ स्थायी घर भएका पौडेलले तीन वर्षको उमेरमा तीन मिनेट ६ सेकेण्डसम्म मादल बजाई किर्तिमान बनाएका हुन् । 

    पौडेलले नेपालको सदावहार ‘लेकाली हो चोया को डोको.....’ बोलको लोकगीतमा हार्मोनियमसँग लय मिलाउँदै मादल बजाएका थिए । 

    यसैलाई आधारमा मानी एशिया बुक अफ रेकर्डसले उनको नाममा किर्तिमान कायम भएको प्रमाणित गरेको हो । बालक पौडेलसँग अन्य प्रायस सबै गीतको लयमा समेत मादल बजाउन सक्ने क्षमता रहेको छ । 

    पौडेलको जन्म सन् २०२२ मार्च २५ मा भएको थियो । अक्षतका बुबा अनिल तथा आमा इन्दिराले छोराको किर्तिमानबाट आफूहरू मात्र नै मुलुक नै गौरवान्वित भएको महसुस भएको बताएका छन् । 

    पौडेल परिवार हाल राजधानीको कागेश्वरी मनहरामा बस्दै आएको छ ।