१० जेठ २०८२ शनिबार | 24 May 2025 Sat

मैनालीलाई पोषण पाण्डे तीर्थ सदन पुरस्कार



  • आफ्नै खबर
  • १ जेठ २०८२ बिहिबार (१ हप्ता अघि)
  • पाठक संख्या १६७
  • काठमाडौं/  नेपाली कथासाहित्यमा विशिष्ट स्थान बनाउनु भएका कथाकार पोषण पाण्डेको ३३ औं स्मृति दिवस पुरस्कार अर्पण कार्यक्रम सहित सम्पन्न गरिएको छ । 

    उक्त अवसरमा पोषण पाण्डे तीर्थ सदनले काठमाडौँ धुम्बाराही निवासी साहित्यकार तथा समालोचक युवराज मैनालीलाई नेपाली साहित्यमा पुर्याउनुभएको योगदानको कदर गर्दै ‘पोषण पाण्डे तीर्थ सदन पुरस्कार २०८२’ ले सम्मानित गरिएको छ ।

    सम्मानित मैनालीलाई दोसल्ला ओढाई सम्मानपत्रको साथमा संस्थाका अध्यक्ष विजय चालिसेबाट ५१ हजार रुपैयाँ नगद पुरस्कार अर्पण गरिएको थियो । 

    विशिष्ट साहित्यकार, समालोचक, पत्रकार तथा परिवारजनको उपस्थिति रहेको उक्त समारोहमा पुरस्कार निर्णय कमिटीको संयोजक रहनुभएका साहित्यकार ठाकुर शर्मा भण्डारीले पुरस्कृत मैनालीको साहित्यप्रतिको लगनशीलताको कदर भएको र यस पुरस्कारले उहाँको लगनशीलतामा अझै हौसला थप्दै जाने विश्वास व्यक्त गर्नुभयो । 

    पुरस्कृत साहित्यकार युबराज मैनालीले साहित्यकार पोषण पाण्डेको कवितामा देखिएको शिष्टता, सरलताका साथै कथामा देखिने यौन मनोविज्ञान माथि प्रकाश पार्नुभएको थियो ।

    सदनको महासचिव रञ्जु पाण्डेले पोषण पाण्डे स्मृति दिवस तथा यस सम्मान तथा पुरस्कार कार्यक्रमले  पुस्ता पुस्तासम्म साहित्यकार पोषण पाण्डेलाई जीवन्त राखिरहन युवराज मैनाली जस्तो सर्जकहरूले  सेतुको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

    सदनका अध्यक्ष वरिष्ठ साहित्यकार विजय चालिसेले सबैलाई धन्यवाद सहित समारोहको समापन गर्नु भएको थियो ।