आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

फोटोनेपालमा कुन्डलिनी चित्रकला प्रदर्शनी 


  • आफ्नै खबर
  • २०८२ जेष्ठ ५, सोमबार मा प्रकाशित ८ महिना अघि
  • २ पाठक संख्या
  • नेपाल पर्यटन बोर्डको नियमित फोटोनेपाल प्रदर्शनी अन्तरगत ‘कुन्डलिनी–२’ नामक एकल चित्रकला प्रदर्शनी तथा ‘कुन्डलिनी योग’ पुस्तकको लोकार्पण भएको छ । नेपाल पर्यटन बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको हो । 

    चित्रकार भीमप्रसाद शर्माको १३ औं एकल प्रदर्शनीका रूपमा आयोजित यस कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले गर्नुभएको थियो ।

    कार्यक्रममा मन्त्री पाण्डेले नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा यस्ता सिर्जनात्मक प्रदर्शनीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । 

    कार्यकारी प्रमुख दीपकराज जोशीले बोर्डले आगामी दिनमा कलाकार र फोटोग्राफरहरूसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रदर्शनी जेठ १० सम्म निःशुल्क अवलोकन गर्न सकिने बोर्डले जनाएको छ । 

    नेपाल पर्यटन बोर्डले फोटोनेपालको पोर्टलमा फोटो प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ । जसमा प्रत्येक महिनाका उत्कृष्ट ३ तस्वीरहरू प्रत्येकलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिन्छ । नेपालको हिमाल, सम्पदा वा लुकेका सौन्दर्य स्थलहरूलाई झल्काउने कुनै पनि दृश्यलाई पठाउन बोर्डले  सबैलाई आग्रह गरेको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु