आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण


  • आफ्नै खबर
  • २०८२ जेष्ठ ६, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • ५ पाठक संख्या
  • सङ्खुवासभा/  मकालु गाउँपालिका–२ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन् ।

    मकालु गाउँपालिका–२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार चार सय ८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् । 

    विश्व कीर्तिमानका लागि मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिनुभयो । 

    कीर्तिमानका लागि मुक्कुट, उहाँका भाइहरु ङिमा दोर्ची शेर्पा, आङ डी शेर्पा, पेछुम्वे शेर्पा, बहिनी पासाङ शेर्पा र उहाँकी २३ वर्षीया छोरी एनिमा शेर्पाले एकसाथ आरोहण गरेका हुन् । 

    ‘एउटै बुबाआमाका पाँच छोराछोरीसहित ६ जनाले आरोहण गरेर कीर्तिमानी राख्ने हाम्रो परिवार पहिलो भएको छ’, बहिनी पासाङ याङ्जीले दाबी छ, ‘भदैनी २३ वर्षीया एनिमा मकालु हिमाल आरोहीमध्ये हालसम्मै कान्छी महिला भएको हाम्रो दाबी छ ।’

    उनिहरुले मकालुको चुचुरामा बुद्ध वाज वर्न इन नेपाल लेखिएको व्यानर पनि प्रदर्शन गरेका थिए । एकैसाथ आरोहण गरेर कीर्तिमान राखेको भन्दै उक्त परिवारलाई मकालु गाउँपालिका, नेपाल पत्रकार महासङ्घ सङ्खुुवासभा र शेर्पा सङ्घले सम्मानसमेत गरेको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु