काठमाडौं/ नागरिक लगानी कोषबाट कर्जा लिँदा राखिने धितो रोक्का तथा फुकुवा अनलाइनबाटै हुने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नागरिक लगानी कोष विच यो सुविधा सम्वन्धी सम्झौता भएको हो ।
सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का, फुकुवा अनलाइनबाट सम्पन्न हुने कोषले जनाएको छ । यसले आवास÷सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने कोषले विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस