आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

पाँच महिनामा भित्रिए पाँच लाखभन्दा बढी पर्यटक


  • आफ्नै खबर
  • २०८२ जेष्ठ १९, सोमबार मा प्रकाशित ८ महिना अघि
  • २ पाठक संख्या
  • काठमाडौँ/  सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

    नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि मे महिनासम्म कूल पाँच लाख एक हजार दुई सय ६४ पर्यटक नेपाल आएका हुन् । मेमा मात्रै ८६ हजार दुई सय १६ विदेशी पर्यटक नेपाल आएका छन् । 

    यस्तै, जनवरीमा ७९ हजार नौ सय ९१, फेब्रुअरीमा ९६ हजार आठ सय ८०, मार्चमा एक लाख २१ हजार आठ सय र अप्रिल महिनामा एक लाख १६ हजार चार सय ९० विदेशी पर्यटक नेपाल आएका बोर्डले जनाएको छ । 

    मे महिनामा सबैभन्दा बढी भारतबाट २८ हजार एक सय ६०, अमेरिकाबाट नौ हजार ७४, चीनबाट आठ हजार आठ सय २४, बङ्गलादेशबाट चार हजार दुई सय ८०, संयुक्त अधिराज्य बेलायतबाट तीन हजार चार सय ७३ पर्यटक नेपाल भित्रिएका छन् ।

    बोर्डका अनुसार मेमा दक्षिण एसियाली मुलुकबाट ३४ हजार तीन सय ५०, एसिया र अन्य मुलुकबाट १८ हजार ६९ पर्यटक नेपाल आएका छन् । युरोपबाट १३ हजार तीन सय ३० र मध्यपूर्वी मुलुकबाट एक हजार पाँच सय १५ पर्यटक भित्रिएका छन् । 

    सन् २०२४ को सोही महिनाको तुलनामा ९५.६ प्रतिशतबढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ को तुलनामा एक सय ११ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु