पर्सा/ पर्सामा हुने प्राकृतिक तथा मनसुनजन्य विपद्सँग जुध्नका लागि विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम शुभारम्भ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्साले मनसुनजन्य विपद् र अन्य प्राकृतिक प्रकोपका गतिविधिमा स्थानीय समुदायको सक्रिय सहभागिता गराउने उद्देश्यले तालिमको आयोजना गरेको हो ।
तालिममा ३० जनालाई २१ दिनसम्म विपद् स्वयंसेवक तालिम उपलब्ध गराइनेछ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले प्राकृतिक विपद्सँग जोगाउनका लागि यस्ता खालका कार्यक्रमको आवश्यक रहेको बताउनुभयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद्का जोखिमलाई न्यूनीकरण गर्नका लागि यस्ता खालका तालिम प्रभावकारी हुने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति राधेश्याम धिमालले प्राकृतिक विपद् सम्बन्धित तालिमले सम्भावित जोखिमको बेलामा निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस