१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

राष्ट्रिय रोजगार कार्यक्रममार्फत बन्यो पदमार्ग र पोखरी



  • आफ्नै खबर
  • २९ जेठ २०८२ बिहिबार (६ महिना अघि)
  • पाठक संख्या ११६
  • बागलुङ/  साबिक प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागलुङ नगरपालिकाका ५३ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । कार्यक्रमअन्तर्गत पालिकासँगको बजेट साझेदारीमा पदमार्ग र सिँचाइ पोखरी निर्माण तथा सडक ‘सोलिङ’ गरिएको छ । 

    नगरपालिकामा गत आवमा सूचीकृत दुई सय ३८ जना बेरोजगारमध्ये चयन भएका उनीहरूले ३७ लाख ज्याला तथा १८ लाख ५० हजारको निर्माण सामग्रीबाट एक हजार चार सय मिटर पक्की पदमार्ग तथा चार सिँचाइ पोखरी र तीन सय ५० मिटर सडक सोलिङ गरेका हुन् । 

    बागलुङ नगरपालिकाका रोजगार संयोजक रामचन्द्र गौतमका अनुसार यस वर्ष ६ योजनाबाट तीन वटा सिँचाइ पोखरी, चार स्थानमा पदमार्ग ढलान तथा एक स्थानको सडक सोलिङ गरिएको छ ।

    नगरपालिका–३ स्थित मध्यपहाडी लोकमार्गबाट तातोपानी जाने दुई सय ५० मिटर पदमार्ग ढलान र कदमको बोट सिँचाइ पोखरी निर्माण भएको छ । 

    बागलुङ नगरपालिका–५ मालिकाको ठूलाखोलादेखि बाघबोटे मालिकाको दुई सय ५० मिटर पदमार्ग ढलान तथा मौरीभिर, आँटीघर र पल्ला खोरियामा पोखरी निर्माण गरिएको थियो । साथै नगरपालिका–८ को ओख्रेनी चितेपानी देउपूजा कोट मन्दिरसम्मको चार सय ५० मिटर पदमार्ग ढलान गरिएको छ ।

    –रासस