आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

सुरभि–मुना–पुष्कर चालिसे छन्द कविता पुरस्कार खकुरेललाई


  • आफ्नै खबर
  • २०८२ अषाढ ७, शनिबार मा प्रकाशित ७ महिना अघि
  • ५ पाठक संख्या
  • काठमाडौँ/  शुरभि साहित्य प्रतिष्ठानले यो वर्षको ‘सुरभि–मुना–पुष्कर चालिसे छन्द कविता पुरस्कार’ महाकाव्यकार रमेश खकुरेललाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको चयन समितिको सिफारिस अनुसार पुरस्कारको निर्णय गरेको हो । 

    प्रतिभा चयन समितिको सिफारिसलाई अनुमोदन गर्दै महाकाव्यकार खकुरेललाई यस वर्षको छन्द कविता पुरस्कार अर्पण गरिने प्रतिष्ठानले जनाएको छ । दोसल्ला, सम्मानपत्र सहित २५ हजार रुपैयाँको छन्द कविता पुरस्कार यसै वर्षबाट अर्पण गर्न थालिएको प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले जानकारी दिनु भयो ।

    असार २१ गते हुने विशेष कार्यक्रममा उक्त पुरस्कार समर्पण गरिने जनाइएको छ ।

    पुरस्कारकालगि प्रतिभा चयन समितिमा संयोजक गोविन्द घिमिरे वेदमणि तथा सदस्य मेनका पोख्रेल  आचार्य र परशुराम पराशर रहनु भएको थियो । 

    सोही दिनमा छन्द विशेष कवि गोष्ठी तथा सुरभि साहित्य प्रतिष्ठानले नियमित रुपमा आयोजना गर्दै आएको मासिक कथा वाचन पनि सञ्चालन हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु