काठमाडौँ/ गोकर्णेश्वर नगरपालिका वडा नं. ८, आत्तरखेलमा रहेको बौद्ध इनटरनेशनल स्कुलबाट एसइई परीक्षा दिएका
सात जनाले चार जिपिए ल्याएका छन् । उनीहरू सातै जना छात्रा रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक हरि लामाले विद्यालयले पहिलो पटक एसइईमा ४ जिपिए ल्याउन सफल भएको भएपनि एकैपटक सात जना विद्यार्थीले यो नतिजा ल्याउनु सुखद भएको बताउनु भयो ।
उहाँका अनुसार कुल ७६ जनाले एसइई परीक्षा दिएकामा ६५ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि ल्याएको र चार जनाको भने ए ग्रेड आएको बताउनु भयो । ए भन्दा तल्लो ग्रेड कुनै विद्यार्थीको नआएको उहाँको भनाइ छ ।
विद्यार्थीहरूको न्यूनतम जिपिए ३.४१ आएको र औसतमा ३.८३ रहेको उहाँले बताउनुभयो । बोर्डको परीक्षामा आएको यो नतिजासँगै विद्यार्थीको चौतर्फी विकासमा पनि विद्यालय सक्रिय र सचेत रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस