२० असार २०८२ शुक्रबार | 04 Jul 2025 Fri

किसानलाई ६८ वटा कृषि औजार वितरण



  • आफ्नै खबर
  • १८ असार २०८२ बुधबार (१ दिन अघि)
  • पाठक संख्या ८४
  • भोजपुर/  पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा २८ लाख रुपैयाँबराबरका कृषि सामग्री वितरण गरेको हो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार किसानको मागका आधारमा ४२ वटा मिनीटिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो । गाईपालन कार्यक्रममा सहभागी किसानलाई कृषि औजार वितरण गरिएको हो । किसानलाई आधुनिक खेती प्रणालीमा जोड्दै यान्त्रिकीकरणका गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको उहाँले बताउनुभयो । 

    गाउँपालिकाले व्यवस्थित खेती प्रणालीमा जोड दिएको जानकारी दिँदै गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँपालिकामा करोडौँको अकबरे खुर्सानी उत्पादन भइरहेको तथा किसानलाई यस्तै नगदेबालीमा प्रोत्साहन गर्न उपकरण वितरण गरिएको बताउनुभयो । महिलालाई उद्यममा जोड्न महिला विकास बोर्डमार्फत विविध कार्यक्रम सञ्चालन भइरहेका उहाँले जानकारी दिनुभयो ।

    –रासस