काठमाडौँ/ शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य ५ हजार रुपैयाँले घटाएको छ । लाइका सँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको छ । घटाइएको नयाँ मूल्यले नेपाली प्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने भएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भन्नुभयो, ‘शाओमी १४टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक हो । लाइका क्यामेरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको छ । अहिलेको मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता रहेको छ ।’
विशेषताहरू
५० एमपीको मुख्य क्यामरा लाइकाको रहेको छ । त्यस्तै, १२ एमपी अल्ट्रा–वाइड र ५० एमपी टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र ४के भिडियो खिच्न सकिने यो मोवाइलको क्षमता रहेको छ । मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर – शक्तिशाली ४ नानोमिटर चिप र एलपीडीडीआर ५एक्स र्यामले छिटो र सहज प्रयोग अनुभव दिलाउने कम्पनीको दावी छ ।
१४४ हर्ज एमोलेड डिस्प्ले ः ६.६७ इन्चको स्क्रिन, १.५के रिजोल्युसन र एचडिआर१०+ सपोर्ट । स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागि आधुनिक एआई उपकरणसमेत भएको कम्पनीले जनाएको छ । छोटो समयमा चार्ज र लामो ब्याकअपसहित ६७ वाट हाइपरचार्ज र ५००० मेघाहर्जको ब्याट्री, पानी र धूलो प्रतिरोधी तथा आईपी ६८ प्रमाणित सुरक्षा रहेको छ । यसको मूल्य ६४ हजार नौ सय ९९ रुपैयाँ रहेकोमा घटाएर ५९ हजार नौ सय ९९ बनाइएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस