२५ असार २०८२ बुधबार | 09 Jul 2025 Wed

स्वास्थ्य बीमाको उपचार सुविधा दोव्वरले वढ्यो



  • आफ्नै खबर
  • २५ असार २०८२ बुधबार (६ घण्टा अघि)
  • पाठक संख्या ५०
  • काठमाडौँ/  स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म एक लाख रुपैयाँमा सीमित यो सुविधा साउन १ गतेदेखि दोब्बर बनाइने घोषणा गर्नुभएको हो ।

    आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै मन्त्री पौडेलले आठ प्रकारका गम्भीर रोगका बिरामीका लागि उपचार खर्च दोब्बर बनाइएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिन साउन १ गतेदेखि यो निर्णय लागू हुनेछ ।’

    अब क्यान्सर, मुटुरोग, मिर्गाैला रोग, टाउको र मेरुदण्डमा चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीले दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन् ।

    यसअघि सरकारले  बीमा योजनामा सामेल भएकालाई आफू बसोबास गरेको स्थानमा उपचार लिनसक्ने व्यवस्था मिलाउने तथा सबै तहमा बीमा सुविधा विस्तार गर्ने निर्णय भइसकेको छ ।

    –रासस