३ साउन २०८२ शनिबार | 19 Jul 2025 Sat

नेपालमा बनेको कार्पेट तेस्रो मुलुकमा निर्यात



  • आफ्नै खबर
  • २ साउन २०८२ शुक्रबार (१ दिन अघि)
  • पाठक संख्या ५८
  • पर्सा/  बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर कार्पेट सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरेको हो । 

    कम्पनीका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो । यसअघि  भारतमा आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो ।

    लामो प्रयासपछि तेस्रो मुलुकमा पनि निर्यात गर्न बन्न सफल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘करिब एक करोड रुपैयाँ बराबरको कार्पेट सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको छ ।’ 

    जितपुर–सिमरा उपमहानगर–२३ मा रहेको उक्त उद्योगले एक सय जनालाई रोजगारी दिएको छ । उद्योगको वार्षिक २० लाख वर्गमिटर उत्पादन गर्ने क्षमता छ । उद्योगका अनुसार प्रतिवर्गमिटर मिटर नौ सय रुपैयाँदेखि चार हजारसम्मका गलैँचा उत्पादन हुने गरेको छ । विगत पाँचवर्षदेखि सञ्चालनमा रहेको उद्योगमा ४० करोड रुपैयाँ लगानी भएको जनाइएको छ ।

     यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरी पुनः विदेश निर्यात गर्नु खुसीको कुरा भएको बताउनुभयो ।

    –रासस