४ साउन २०८२ आईतबार | 20 Jul 2025 Sun

 बेष्ट फाइनान्सले हरेक ग्राहकको नाममा वृक्षरोपण गर्ने



  • आफ्नै खबर
  • ४ साउन २०८२ आईतबार (७ घण्टा अघि)
  • पाठक संख्या १२४
  • काठमाडौं/  पछिल्लो समय जलबायु परिवर्तनको मुद्दा यसले पार्ने असर र यसको न्यूनीकरण गर्न के गर्ने भन्ने विषय विभिन्न स्थानमा महत्वपूर्ण का साथ लिइएको देखिन्छ ।

    जलवायु परिवर्तनको असर र यसको न्यूनीकरण गर्ने, प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्ने, वातावरण प्रदुषणको रोकथाम र नियन्त्रण गर्ने आदि उद्देश्य राखी नेपाल राष्ट्र बैङ्कले ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी गरेको थियो । 

    उक्त मार्गदर्शनमा भएका व्यवस्था कार्यान्वयन गर्नेक्रममा ‘ग्रीन फाइनान्सिङ्’ का लागि स्रोत जुटाउने उद्देश्यले बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ ग्राहक माझ ल्याएको छ । 

    उक्त निक्षेप योजनामा सहभागी हुने हरेक ग्राहकले ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४’ ले राखेका लक्ष्य पूरा गर्ने कार्यमा स्वतः योगदान पुर्याउन पुग्दछन् । त्यसका लागि हरेक ग्राहकका तर्फबाट एक वटा बिरुवा रोपिदिने व्यवस्था बेष्ट फाइनान्सले मिलाएको छ ।

    विभिन्न स्थानीय निकायहरूसँग समन्वय गरी बिरुवा रोप्नका लागि खाली स्थान मिलाउने, बिरुवा रोप्ने, गोडमेल गर्ने तथा संरक्षण गर्ने, उक्त बिरुवा रोपेर हुर्काउने र ५ वर्ष पछि सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गर्ने कार्यमा साझेदारी गर्नका लागि बेष्ट फाइनान्सले लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी गरेको छ ।

    साझेदारी गर्ने सहमतिपत्रमा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाण्डौँ) को तर्फबाट एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्यले हस्ताक्षर गरेका छन् ।

    यसैबीच गोदावरी नगरपालिका वडा नं. १, बेष्ट फाइनान्स र लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नं. १ गोदामचौर स्थित खाली जग्गामा पाँच सय बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ ।

    वृक्षरोपण कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. १ का अध्यक्ष श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्राडा रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती तथा कर्मचारीहरु, लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालका एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्य, एरिया एक्जिक्युटिभ चिफ बालकुमार पाण्डे लगायत लायन्सका विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो । 

    वृक्षरोपण कार्यक्रमलाई लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालका ५० भन्दा बढि क्लबहरूले ऐक्यबद्धता जनाएका थिए ।

    वेस्ट फाइनान्स लिमिटेडले जलवायु परिवर्तनमा मुद्दामा विशेष योगदान पुर्‍याउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत विभिन्न सहयोग गर्दै आइरहेको छ । यसका साथै डिजिटल बैङ्किङ, बैङ्किङ सुरक्षा, वित्तीय साक्षरता लगायत समाज र आम ग्राहकलाई प्रत्यक्ष लाभ हुने मुद्दाहरूमा समेत विशेष चासो दिएर काम हरू गर्दै आइरहेको जनाएको छ ।

    फाइनान्सले कुल १८ शाखा कार्यालय र ४ वटा एटिएम मार्फत ६८ हजार भन्दा वढी ग्राहकलाई सेवा दिइरहेको छ ।