५ साउन २०८२ सोमबार | 21 Jul 2025 Mon

चलचित्र ‘अटिजम’ यु ट्युब च्यानलमा



  • आफ्नै खबर
  • ४ साउन २०८२ आईतबार (५ घण्टा अघि)
  • पाठक संख्या ४७
  • काठमाडौँ /  रिच भिजन सिनेम्याक्स स्टुडियोको तर्फबाट साहित्यिक पत्रकार निबन्ध आचार्यको प्रस्तुति रहेको सन्देशमूलक साहित्यप्रधान चलचित्र 'अटिजम' अब यु ट्युब च्यानलबाट प्रसारण हुने भएको छ । 

    कपन बानेश्वर साहित्यिक साप्ताहिकको तेह्रौं वार्षिकोत्सवको अवसर पारेर यु ट्युबमा 'kapan baneshwor sahityik' च्यानलबाट आज २ बजे सार्वजनिक हुने जानकारी उक्त चलचित्रका सह निर्देशक साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागरले दिनुभयो ।

    बालबालिकाको विकास क्रममा देखिने स्नायु विकाससम्बन्धी समस्या 'अटिजम' को सामान्य जानकारीका साथै युवाहरूको विदेश पलायनलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र अटिजम हलमा प्रदर्शन गर्न खर्चिलो भएको र लक्षित दर्शकसम्म सहज पहुँच रहोस् भन्ने उद्देश्यले आफ्नै यु ट्युब च्यानलबाट प्रसारण गरिएको बताइएको छ ।

    चलचित्रमा साहित्यकारहरू गङ्गा पौडेल, प्रा. डा. रामप्रसाद ज्ञवाली, शङ्कर भारती, वेदमणि घिमिरे, विष्णुबहादुर सिंह, प्रभा श्रेष्ठ, रामकुमार पण्डित, सुशीला पौडेल, पुण्यराज पुडासैनी, राजबाबु श्रेष्ठ सागर, विजय कट्टेल, माधवलाल श्रेष्ठ, दिवाकर शाह लगायतको अभिनय गरेका छन् । 

    कथा / निर्माण : निबन्ध आचार्य, सङ्गीत / निर्देशन : केशव सान्दाइ, पटकथा / संवाद: विक्रम श्रेष्ठ सागर, नृत्य: दीपक तामाङ, छायाङ्कन: तिलक गौतम रहेको चलचित्र अटिजममा सुशील पोखरेल, सुष्मा कार्की, प्रतीक शर्मा, सृष्टि आचार्य, करुणा पोखरेल, मिठुकृष्ण श्रेष्ठ, पुष्कर जङ्गम, सौरव ढकाल, श्रद्धा कोइराला र अटिजम भएका सम्मान आचार्यसहित पचास भन्दा बढी नयाँ पुराना कलाकारहरूको अभिनय रहेको छ ।

    युट्युब च्यानलमा चलचित्र हेरेर सब्स्क्राइब गरिदिनुहुन सबै दर्शकलाई निर्देशक सान्दाइले आग्रह गर्नुभएको छ ।