१३ साउन २०८२ मंगलबार | 29 Jul 2025 Tue

लिट्मस केबल्सको ‘पावर पार्टनर्स मीट’ मा डिलरहरू पुरस्कृत



  • आफ्नै खबर
  • १२ साउन २०८२ सोमबार (१६ घण्टा अघि)
  • पाठक संख्या ५७
  • काठमाडौँ/  वायर तथा केबल उद्योग लिट्मस इन्डस्ट्रीज लिमिटेडले आफ्नो तेस्रो ‘पावर पार्टनर्स मिट २०८२’ सम्पन्न गरेको छ । कार्यक्रममा देशभरबाट करिब दुई सय डिलर, वितरक तथा च्यानल पार्टनरहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा कम्पनीको प्रस्तुति, डिलरहरूसँगको प्यानल छलफल तथा उपलब्धिमूलक नेटवर्किङ सेसनको आयोजना गरिएको थियो । लिट्मसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धिहरू र भावी योजनाहरू प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो ।

    उत्कृष्ट योगदानको कदरस्वरूप कम्पनीले राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स, लिट्मस एक्सिलेन्स अवार्डसहित १० विधामा देशभरका उत्कृष्ट डिलरहरूलाई सम्मानित गरेको थियो । यसले लिट्मसको सफलता र समृद्धिमा विश्वास, सहकार्य र बलियो साझेदारीको महत्वलाई अझ प्रस्ट पारेको कम्पनीको दावी छ । 

    त्यसै अवसरमा, लिट्मसले ‘श्रावण उत्सव’ अभियानको घोषणा गर्दै डिलरहरूलाई आकर्षक स्किममार्फत दुबई र थाइल्याण्ड भ्रमण तथा चाँदीका सिक्का जित्ने अवसर प्रदान गर्ने जानकारी गराएको थियो ।