आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

एससिटी कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने


  • आफ्नै खबर
  • २०८२ भाद्र ५, बिहिबार ७ महिना अघि
  • ४७ पाठक संख्या
  • काठमाडौँ/  भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले जारी गर्दै आएको एससिटी–युनियनपे कार्डबाट अब नेपालमा सञ्चालन हुँदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने भएको छ । 

    कार्डबाट वालेट लोड गर्न मिल्ने सुविधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो एससिटी कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुविधा जारी भएको कम्पनीले जनाएको छ ।

    नबिल बैङ्कको इलेक्ट्रोनिक पेमेन्ट गेटवेमा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुबिधा लिन सक्ने उल्लेख छ । यस सुविधाले ग्राहकहरूलाई आफ्नो एससिटी कार्डबाट पिओएसमा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ–कमर्स भुक्तानी, एयरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुने कम्पनीको दावी छ ।  

    एससीटीले हाल २३ वटा बैङ्क तथा वित्तीय संस्था र एक सयभन्दा बढी सहकारी संस्थाहरू मार्फत यो कार्ड जारी गर्दै आइरहेको जनाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु