७ भदौ २०८२ शनिबार | 23 Aug 2025 Sat

पर्यटन प्रवर्द्धनमा अनुसन्धानलाई प्राथमिकता



  • आफ्नै खबर
  • ५ भदौ २०८२ बिहिबार (२ दिन अघि)
  • पाठक संख्या ५७
  • काठमाडौँ/  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताउनुभएको छ ।

    त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेप्लिज मार्केटिङ एशोसिएसनका सचिव डा. सुशील अवालेले ‘नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ विषयमा गर्नुभएको विद्यावारिधि (पीएचडी)को अनुसन्धानबारे छलफलमा आज एक छलफल आयोजना गरिएको थियो । 

    उक्त छलफलमा उहाँले भन्नुभयो, ‘बोर्डले तथ्य र अनुसन्धानमा आधारित नीतिहरूमार्फत मात्र नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने कुरामा ध्यान केन्द्रित गरेको छ ।’

    नेपाल पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडलमा आधारित संस्था भएको उल्लेख गर्दै सीईओ जोशीले विगत २७ वर्षदेखि नेपाललाई विश्वस्तरको प्रमुख पर्यटक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित काम गर्दै आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘बजार प्रवर्द्धन केवल प्रचारप्रसारमा मात्र सीमित नराखी अनुसन्धानलाई प्राथमिकतामा राख्न आवश्यक छ ।’ 

    यस अवसरमा डा. अवालेले आफ्नो पिएचडी अनुसन्धानमा आधारित प्रस्तुतिकरणसमेत गर्नुभएको थियो । उहाँले नेपालको पर्यटन आगमन, खर्च गर्ने प्रवृत्ति, गन्तव्य रोजाइ र नीतिगत कमजोरीलगायतका विषयमा विस्तृत तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

    –रासस